बार्षिक साधारण सभा तथा पाँचौ अधिबेशन

श्री सम्पूर्ण साधारण सदस्य ज्यूहरु

उपरोक्त सम्वन्धमा यस संस्थाको कार्य समितिको मिति २०७३ असार २५ गते बसेको बैठकको निर्णय अनुसार संस्थाको बार्षिक साधारण सभा तथा पाँचौ अधिबेशन निम्न स्थान समय र मितिमा हुने निर्णय भएकोले उक्त साधारण सभामा यहाँको अनिबार्य उपस्थितीको लागि हार्दिक अनुरोध गरिन्छ । साथै उक्त साधारण सभा अगावै सदस्यता नविकरण अनिबार्य भएकाले यहि श्रावण मसान्त भित्र सदस्यता नविकरण गर्नुहुन अनुरोध छ । साथै उक्त नविकरण सम्वन्धि सूचना संस्थाको वेभसाइटमा प्रकाशन गरिएको तथा सम्वन्धित सदस्यको व्यक्तिगत इमेल ठेगानामा यस अघि नै सम्प्रेषण गरीसकिएको छ । कारण बस सूचना प्राप्त गर्न नसक्नु भएको भए यसै पत्रलाई आधार मानी उक्त अवधि भित्र सदस्यता नविकरण गर्नुहुन अनुरोध छ ।

साधारण सभा कार्यक्रम

स्थानः धुलिखेल तालिम केन्द्र, धुलिखेल काभ्रेपलाञ्चोक, फोन नं ०११४९०६४२

समय: बिहान ८ः०० देखि बेलुकी ५ः०० बजे सम्म

मिति: २०७३ भाद्र ४ गते शनिबार

साधारण सभा तथा अधिवेशन सम्वन्धि बिस्तृत कार्यतालिका यसैसाथ संलग्न गरिएको छ ।

भवदीय,

गोकुल गौतम

कार्यकारी निर्देशक

letter for AGM_REMREC

AGM_Agendas_4 Bhadra_2073_REMREC

News & Events
BOQ for Quotation
February 12th: Request for providing sealed quotation for supply of Non Local constru More »
Vacancy Announcement for Admin and Finance Officer & Technical Officer REMREC- SITARA JV Pokhara
February 12th: Vacancy Announcement (Published: 12 February 2018) The joint venture o More »
read all...

Download Newsletter

Newsletter

Events Gallery


view all ...

Check E-mail